मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छः ओली

गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छः ओली

अपि टाइम्स

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको हात नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए ।

प्रतिनिधसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएका छन् । कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको उनको दाबी छ । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताए ।

आफ्नो प्रधानमन्त्री कार्यकालमा केही पनि नभएको बताउँदै ओलीले आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । ुम चुनौतीका साथ भन्न चाहन्छु म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ । छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं । छानबिन होस् भन्ने पक्षमा छौं,ु उनले भने, ुकोही पनि दोषी छुट्नुहुँदैन तर अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने निर्दोष फसाउने यसप्रकारका प्रयास नगर्दा हुन्छ ।ु

आफू प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा केही पनि नभएको ओलीको भनाइ थियो । ुमेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । मेरो समयमा केही गएको छैन । एउटा समिति बनेछ । त्यो समितिले केही प्रस्ताव पठाएछ । मैले अध्ययन गर्न भनेर राखेँ‚ होल्ड गरे र मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाए,ु उनले भने ।

आफूले विगतमा वर्तमान सरकारमा रहेका दलहरूले नै काम गर्न नदिएको पनि ओलीको भनाइ थियो । आफूमाथि मुद्दा मामिलालगायतका कुरा लगाएर अल्झाएको उनले बताए । ुमलाई त पिङ खेलाएको खेलायै हुनुहुन्थ्यो । मलाई त कागज हेर्ने समय पनि थिएन त्यसबेला । मुद्दैमुद्दा, मामिलै मामिला, नारै नारा, जुलुसै जुलुस । भित्तामा टाँसिदिन्छु भन्या छ, भुइँमा पुर्‍याइदिन्छु भनेको छ । माटोमा मिलाइदिन्छु भन्या छ । साच्चै मिलाइदिन्छन् कि क्या हो १ त्यस्तो स्थितिमा हामीले केही गरेनौं,ु उनले भने ।