मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सावित्रा आबद्ध गोकुलम च्याम्पियन

सावित्रा आबद्ध गोकुलम च्याम्पियन

अपि टाइम्स

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतिय महिला लिग (आइडब्लुएल) को उपाधि जितेको छ ।

केरलाले आइतबार फाइनलमा किकस्टार एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टारलाई हराउन सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् ।

खेलको पाँचौ मिनेटमा साम्बाको गोलमा गोकुलमले सुरुवाती अग्रता लिएको थियो । मैदानको पेनाल्टी बक्सको केहि बाहिरबाट साम्बाले उत्कृष्ट गोलका साथ १-० को अग्रता दिलाएकी थिइन् । खेलको २२ औं मिनेटमा सन्ध्या रंगनानाथको गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको ३५ औं मिनेटमा किकस्टारकी खेलाडीले पेनाल्टी एरियामा बल ह्यान्ड भएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो । सन्ध्याले पेनाल्टीमा गोल गर्दै ३(० को अग्रता लिएकी थिइन् । पहिलो हाफमा ३-० को अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित हात पारेको हो ।

खेलको ५३ औं मिनेटमा साम्बाको क्रसमा सन्ध्याले गोल गर्दै गोकुलमलाई ४-० को फराकिलो अग्रता बनायो। खेलको ८१ औं मिनेटमा साम्बाको क्रसमा रोजादेवीले गोल गर्दै गोकुलमलाई ५-० अवस्थामा पुर्याएकी थिइन् ।

गोकुलमले यसअघि सन् २०१९/२० र २०२१-२२ को सिजन लगातार उपाधि जितेको थियो । २०२०/२१ मा भने कोभिड-१९ को कारण आइडब्लुएल हुन सकेको थिएन । साम्बाले घुँडाको चोटका कारण २०२१/२२ को सिजन गुमाउन पुगेकी थिइन् । सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बन्दै २९ गोल गरेकी थिइन् ।