मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आइपीएलको फाइनल समिकरण, कोको परे प्लेअफमा ?

यस्तो छ आइपीएलको फाइनल समिकरण, कोको परे प्लेअफमा ?

अपि टाइम्स

काठमाडौं । भारतमा जारी रहेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग९आईपीएल०को प्लेअफ समिकरण पूरा भएको छ ।

सोमबार मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएसँगै प्लेअफमा स्थान बनाउने चार टोलीको टुंगो लागेको हो ।

लिग चरणमा पहिलो स्थान पाएको गुजरात टाईटन्स तथा दोस्रो स्थानमा रहेको चेन्नाई सुपर किंग्सले प्लेअपमा आफ्नो स्थान बनाएका छन् ।

तेस्रो स्थानमा रहेको लखनउ सुपर जायन्टस् तथा चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले प्लेअफ यात्रामा आफ्नो स्थान बनाएका छन् ।

प्लेअपमा पहिलो क्वालिफायर,ईलिमिनेटर,दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा मंगलबार लिगको पहिलो र दोस्रो स्थानमा रहन सफल गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।

पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।

ईलिमिनेटर खेलमा भने लिगको तेस्रो स्थानमा रहेको लखनउ र मुम्बईको बीचमा खेल हुनेछ । ईलिमिनेटर खेल बुधबार रहेको छ । ईलिमिनेटर खेलको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । यस ईलिमिनेटर खेलको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फाइनलमा विजेता बन्ने टोली यस १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।