मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबाप्पेको २ गोलमा पीएसजीको जित

एमबाप्पेको २ गोलमा पीएसजीको जित

अपि टाइम्स

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले उसेलाई २-१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । आठौं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा उसेका लासिन सिनायोकोले गोल गरेपनि पीएसजी २-१ ले विजयी भयो ।

यस जितसँगै पीएसजी उपाधि नजिक पुगेको छ । पीएसजीले ३६ खेलमा ८४ अंक जोडेको छ । ३४ अंक जोडेर उसे १६ औं स्थानमा रहेको छ