मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

अपि टाइम्स


काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

‘प्रहरीले प्रतिवेदन ल्याएको छ। बुझिलिने काम भइरहेको छ,’ उनले भने।

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि प्रतिवेदन बुझाउन पठाएको बताए।

‘प्रतिवेदन पठाएका छौं। हामीले सरकारी वकिललाई रायसहित प्रस्ताव गरेका छौं। अहिले प्रस्ताव मात्रै भएकाले पनि कुनकुनमा लगेका छौं भन्न मिल्दैन,’ उनले भने। प्रहरीले यसको अनुसन्धान ठगी एवं संगठित अपराधमा गरिरहेको थियो। तर उच्च राजनीतिक तहका नेताहरूले नै नेपालीलाई अनागरिक बनाउन चलखेल गरेको अनुसन्धानबाट देखिएपछि राज्यविरूद्धको कसुरमा समेत मुद्दा चलाउनुपर्ने रायसहित प्रस्ताव गर्ने तयारी गरेको थियो।

प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ। यसअघि २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरूद्ध थप पीडितले जाहेरी दिएका थिए। त्यससँगै बिगो रकम बढेको हो।

प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार समेत छन्।