मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

अपि टाइम्स

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए।

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।

बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो।

रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।