मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई नेपालको प्रश्नःबनिसकेको सरकार तपाईकै कारण फुत्कियो, सत्तोसराप गरेर हुन्छ ?

ओलीलाई नेपालको प्रश्नःबनिसकेको सरकार तपाईकै कारण फुत्कियो, सत्तोसराप गरेर हुन्छ ?

अपि टाइम्स

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बनिसकेको सरकार किन हातबाट फुत्कियो भनेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई समीक्षा गर्न आग्रह गरेका छन्।

उनले सरकार जोगाउन नसकेपछि सत्तोसराप नगर्न पनि आग्रह गरे।

प्रतिनिधि सभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले जम्मैको ज्ञान बुद्धि ज्ञान विवकेलाई सँगाल्न सक्ने हो देश बनाउन सकिने बताए।

‘हामीहरूको बीचमा सहकार्यको आवश्यकता छ। एकले अर्कालाई घोचपेच गरेर मात्र हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्र हुँदैन। सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो। किन बस्न सकिएनरु त्यसमा पनि अरूलाई दोष दिएर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियोरु त्यसमा पनि अरूलाई सत्तोसराप गरेर हुँदैन। आफूभित्र के कमजोरी छरु त्यसको हामी सबैले समीक्षा गरौं। कमीकमजोरी भएका छन् भने तिनको पहिचान गरौं,’ उनले भने।

उनले सीमाको समस्या नीति कार्यक्रममा समेट्न आग्रह पनि गरे।