मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, दर्शन गर्न बिहानैदेखि भक्तजनको भिड

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, दर्शन गर्न बिहानैदेखि भक्तजनको भिड

अपि टाइम्स

काठमाण्डौ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । हिजो बेलुका रथ लगनखेलबाट जावलाखेल ल्याइपुर्‍याइएको हो ।

जावलाखेलमा राखिएको रथको दर्शन तथा पूजा गर्न बिहानैदेखि भक्तजनको भिड लागेको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । अब पर्सि बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा ल्याएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।