मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० अंक कटौतीपछि युभेन्ट्सलाई ठुलो झट्का

१० अंक कटौतीपछि युभेन्ट्सलाई ठुलो झट्का

अपि टाइम्स

काठमाडौं । इटालियन ‘सिरी ए’ फुटबलमा युभेन्ट्सको १० अंक कटौती भएको छ ।

इटालीको फुटबल महासंघ [एफआईजीसी] ले युभेन्ट्सको १० अंक कटौती भएको जनाएको छ ।

अंक कटौतीसँगै युभेन्ट्स सातौं स्थानमा झरेको छ । र, युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

यस अघि ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही स्वरूप १५ अंक कटौती गरिएको थियो ।

युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको बताईएको थियो ।

विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआईजीसीले जनाएको थियो ।

खेलकुद अदालतमा युभेन्ट्सको अपीलपछि यस अघि १५ अंक कटौती भने रद्द भएको थियो ।

युभेन्ट्सले ३६ खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्सले दुई खेल खेल्न बाँकी रहेको छ ।