मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा दृढ रहन प्रधानमन्त्रीको आग्रह

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा दृढ रहन प्रधानमन्त्रीको आग्रह

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने बताएका छन्।

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिँदै उनले उनले यस्तो बताएका हुन्।

‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन छैन। यसले गठबन्धनको साझा आवाज बोक्न सकेको छ’, उनले भने,
‘यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन। कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ। सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ।’

प्रचण्डले देशमा दुरगामी महत्वको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिको बलमा सम्भव भएको बताउँदै नीति तथा कार्यक्रम पनि त्यसैगरी कार्यान्वयन गरिने बताए।

उनले विषय वस्तुको गाम्भीर्यतालाई ध्यान दिए मात्रै बजेट निर्माणको काममा अघि बढ्न बताएका छन्।

देशको आर्थिक संकट थेग्नै नसक्ने गरी नबिग्रिएको उनले बताए। ‘कोभिड महामारीपछि रसिया(युक्रेन युद्धको असर पनि हामीमा परेको छ’, उनले भने, ‘अन्य कारणले पनि आर्थिक मन्दी देखिएको छ। तर हामी कृषि, पर्यटन र उद्योगलाई बढावा दिएर आर्थिक अवस्थालाई आत्मनिर्भर बाटोतर्फ लैजान्छौँ।’