मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीलाई किटेर आएका समाचारप्रति आइजिपी सचिवालयको आपत्ति

प्रहरीलाई किटेर आएका समाचारप्रति आइजिपी सचिवालयको आपत्ति

अपि टाइम्स

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको शंकास्पद भूमिकाबारे छापिएका समाचारमा असहमति जनाएका छन्।

बुधबार उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा आइजिपीको भूमिकाबारे आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै असहमति जनाएको हो।

मंगलबार सेतोपाटीले ‘आइजिपी कुँवरमाथि पनि छानबिन आवश्यक’ शीर्षकमा समाचार छापेको थियो।

कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको आइजिपी सचिवालयको दाबी छ।

‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

आइजिपीले आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजेर विवादमा तानेको निन्दनीय भएकोसमेत विज्ञप्तिमा उल्लेख छ।