मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षको स्वकीय सचिव हुन् कि मेरा, पोलिएपछि बयान दिनुपर्छः भट्टराई

अध्यक्षको स्वकीय सचिव हुन् कि मेरा, पोलिएपछि बयान दिनुपर्छः भट्टराई

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कानुनभन्दा माथि कोही पनि नभएको भन्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न जोसुकै भए पनि प्रहरीमा गएर बयान दिनुपर्ने बताएका छन् । उनले उक्त प्रकरणमा नाम जोडिएको भएमा जोसुकै व्यक्ति भए पनि प्रहरीकहाँ गएर आफ्नो बयान प्रस्टसँग भन्नुपर्ने धारणा राखेका छन् ।

तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र सल्लाहकार अयजक्रान्ति शाक्यले पैसा लिएको सार्वजनिक भएको सन्दर्भमा एमाले सचिव भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन् ।

संघीय संसद् भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गदै भट्टराईले नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिले सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले भने,का थिए यदि मेरो नाम कसैले लिएका छन् र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाई प्रहरीले बोलाउनु पर्दैन । म आफैं प्रहरीकोमा बयान दिन जान्छु ।अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईंको नाम आएको छ, के गरौं ? भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो । नागरिकचाहिँ कानुनभन्दा माथि कोही पनि हुँदैन ।

सांसद भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरको नाम आएको विषयमा पनि आफ्नो धारणा राखेका छन् ।