मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी

अपि टाइम्स

काठमाडौं । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ ९नेजा०को अध्यक्षमा बुटवलबाट पत्रकारिता सुरु गरेका सुरज भण्डारी निर्वाचित भएका छन् ।

यसअघि संघको महासचिव रहनुभएका भण्डारीले आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी भन्दा झण्डै तेब्बर मत ल्याएर विजयीभएका हुन् । । उनले ५४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाए ।

नेजामा कुल ८१ जना सदस्य रहेकोमा ७३ जना मात्रै मतदानमा सहभागी भएका थिए । अन्य आठ जना अनुपस्थित थिए । अमेरिकाको टेक्ससमा भएको नेजाको आठौँ अधिवेशन तथा १६औँ साधारण सभाबाट अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट नेजाको उपाध्यक्षमा सुजन पण्डित, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा, महासचिवमा बाबुराम दाहाल र सचिवमा प्रतिमा बास्कोटा चयन भएका छन् ।

सदस्यहरूमा भने केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित भएको नेजाका संस्थापक अध्यक्ष तथा आठौँ अधिवेशनको निर्वाचन समितिका संयोजक गिरीश पोखरेलले जानकारी दिए ।