मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसका प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमणः भेटे राष्ट्रपति ‘सी’ लाई

रुसका प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमणः भेटे राष्ट्रपति ‘सी’ लाई

अपि टाइम्स

काठमाण्डौ । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका रुसी प्रधानमन्त्री मिशुस्टिनले चिनियाँ राष्ट्रपति र समकक्षी ली छ्याङसँग बेइजिङमा बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुसले युक्रेनमा अघिल्लो वर्ष फेब्रुअरीदेखि आक्रमण थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

पश्चिमा देशले रुसलाई लगाएको प्रतिबन्धलाई जवाफ दिन र चीनसँगको सहकार्य तथा साझेदारी बढाउन यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर समेत गरेका छन्।

जापानमा हालै सम्पन्न जी–सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन चीनलाई आग्रहसमेत गरेको थियो ।

रूस र चीनबीचको सम्बन्ध उच्चस्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मिशुस्टिनले आपसी एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताउनुभएको छ ।