मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्टरले उचाल्यो कोपा इटालियाको उपाधि

इन्टरले उचाल्यो कोपा इटालियाको उपाधि

अपि टाइम्स

काठमाडौं । इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।

इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो ।