मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियलको जित, सिटी ब्राइटनसंग बराबरी खेल्यो

रियलको जित, सिटी ब्राइटनसंग बराबरी खेल्यो

अपि टाइम्स

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ८४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै भालेकानोलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ८९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियलले ३६ खेलमा ७४ अंक जोडेको छ ।

रियल दोस्रो स्थानमा रहेको छ । भालेकानो ४६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यता इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । प्रिमियर लिगको च्याम्पियन बनिसकेको सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३८ औं मिनेटमा जुलियो एन्सिसकोले गोल गर्दै ब्राइटनलाई १(१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै ब्राइटनले युरोपा लिगमा स्थान पक्का गरेको छ ।

ब्राइटन ३७ खेलमा ६२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिटी ३७ खेलमा ८९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।