मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सिमा हुन्छः रवि लामिछाने

मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सिमा हुन्छः रवि लामिछाने

अपि टाइम्स

काठमाडौँ । पटकपटक आफूविरुद्ध मुद्धा हालिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने इरिटेट भएका छन् । आफ्नो नागरिकता र राहदानीको विषय अदालत र सदनमा पटकपटक उठेपछि आफू इरिटेड नै भएको सभापति लामिछानेले सामाजिक संजालमार्फत् जनाएका हुन् ।

यही विषयप्रति बुधबार सदनमा उनले कडा जवाफ माग गरेका थिए । उनले विहिवार पनि यहि विषयमा लेखेका छन् । उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ भनेर प्रश्न गरेका छन् ।

उनी लेख्छन् ‘ मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।