मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा

पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा

अपि टाइम्स

एजेन्सी । पृथ्वीमा अहिले भएका पशुपक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको क्विन्स युनिभर्सिटी बेल्फास्टले ७० हजारभन्दा धेरै प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको समेत बताएका छन् ।

अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ । तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ । अध्ययनले यसको मुख्य कारण जैविक विविधतामा देखिएको विश्वव्यापी ह्रासलाई सङ्केत गरेको बीबीसीले जनाएको छ ।

औद्योगिकीकरणका कारण जैविक विविधतामा भैरहेको नोक्सानी पहिला ठानिएको भन्दा पनि निकै चिन्ताजनक भएको अध्ययनको चेतावनी छ । जैविक विविधतामा देखा परेको सङ्कट मानव जातिका लागि आउँदा दशकहरूमा सबैभन्दा ठूलो चुनौती बन्ने यो अनुसन्धानले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनले सन् १९६४ यता खतराको सूचीमा रहेका जनावरहरूको रातो सूची बनाउने गरेको छ । त्यसमा १ लाख ५० हजारभन्दा धेरै सङ्कटापन्न प्रजाति समाविष्ट छन् । आईयूसीएनको विधिअनुसार २८ प्रतिशत प्रजातिलाई लोप हुने खतरामा परेको मानिएको छ ।