मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा भलिबल सेमिफाइनलः कजाकस्तानसँग भिड्दै नेपाल

काभा भलिबल सेमिफाइनलः कजाकस्तानसँग भिड्दै नेपाल

अपि टाइम्स

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार कजाकस्तान सामना गर्दैछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले कजाकस्तानको सामना गर्नेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद [राखेप] को कभर्डहलमा हुने नेपाल र कजाकस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपाल समूह ुएु को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । कजाकस्तान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।