मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोनांक पटेलको कप्तानीमा अमेरिका नेपालसंग भीँड्ने

मोनांक पटेलको कप्तानीमा अमेरिका नेपालसंग भीँड्ने

अपि टाइम्स

काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि अमेरिकाको टोली घोषणा भएको छ ।

मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै अमेरिका पनि समूह ए मा रहेको छ । वेस्ट इन्डिजसँग जुन १८ अर्थात असार ३ मा अमेरिकाको पहिलो खेल रहेको छ ।

नेपाल र अमेरिकाको खेल २२ जुन अर्थात असार ७ मा रहेको छ । यस समूहमा नेपाल र अमेरिकासँगै घरेलु टोली जिम्बावे,वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।

दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० राष्ट्रमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।

विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

अमेरिकाको टोली

मोनांक पटेल(कप्तान),आरोन जोन्स (उपकप्तान), अभिषेक परदखार, अली खान, गजानन्द सिंह, जसदीप सिंह, काइल फिलिप, निसर्ग पटेल, नोस्टश केनजिगे, सायतेजा मुक्कामल्ला, सौरभ नेत्रवलकर, शायन जहांगीर, स्टिभन टेलर, सुशान्त मोदनी, उस्मान रफिक