मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसैको प्यारो संसार सकिँदा कस्तो हुन्छ ?

कसैको प्यारो संसार सकिँदा कस्तो हुन्छ ?

अपि टाइम्स

काठमाडौँ । आज शनिबार । अपि टाइम्स डटकमले साहित्य विशेष समाग्री राख्ने गर्दछ । यसै अन्तर्गत आज सोलुखुम्बुका श्रष्टा तथा गजलकार क्यूरियस जेवीका गजललाई स्थान दिएको छ । सामाजिक संजालमा प्राप्त उहाँका गजलहरु पढौँ ।

१-जीवनभित्र के खोजूँ जीवनै क्षणभङ्गुर छ।
कसरी पत्याऊँ म जीवनभित्रै कोहिनुर छ।

बेमौसमी मधुमास;घामपानी जीवन हाम्रो
रङ्गमञ्चभित्र भ्रम; अदृश्य अमरपुर छ ।

गन्तव्यको टुङ्गो छैन , घुम्ती छन् उस्तै असरल्ल
एउटा पागल यात्री फेरि यात्रामा आतुर छ ।

बाठो मान्छे नि मामुली कुरा बुझ्दैन,दुःख लाग्छ
रातै छ रगत सबैको; एकदम निखुर छ ।

रानीवनमा चरी रुन्छे डढेलो छ, खडेरी छ !
कोईलीको त्यो कुहु-कुहु वसन्तमै मधुर छ ।

कहिल्यै नभेटिने , भागिजाने भोलि झैँ हजुर
साथमा पीर-मर्का छन् कठै! खुसी कतै दुर छ ।


२- बुढेसकालमा बिराम भएका छन् बाआमा
डाँडामाथिको जुन घाम भएका छन् बाआमा

आआफ्नै आँगन परदेश भएको छ अचेल
पतझर शिशिर याम भएका छन् बाआमा

न त शक्ति शरीरमा; न हिजोको वसन्त
कठै! ठान्छन् अाफैँ बेकाम भएका छन् बाआमा

तिर्थालुहरु धाउँछन् निश्चिन्त छ तीर्थ सधैँ
हो बा-अामा तीर्थधाम भएका छन् बाआमा

धोका मिल्छ कलियुगमा विश्वास हुन्न आआफ्नै !
विश्वासयोग्य यौटै नाम भएका छन् बाआमा

३- कसैको प्यारो संसार सकिँदा कस्तो हुन्छ?
वसन्तमै बहार उजाडिँदा कस्तो हुन्छ?

चुँडेर लान्छ मालीले बगैँचाबाट फूल
मायाको बलियो डोरो चुट्टिँदा कस्तो हुन्छ?

हर्षोल्लास जन्म हुँदा ,जन्मेपछि संघर्ष
संघर्ष गर्दागर्दै हुने विदा कस्तो हुन्छ?

संसार कसले बनायो? निर्दयी दैवले ।
सोचेनछ असह्य चोट दिँदा कस्तो हुन्छ?

कसैले निर्जीव मुर्ती ब्युँताउने साहस गर;
देख्थ्यौ दैव दु:ख-पीर बौरिँदा कस्तो हुन्छ?