मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फर्किएनन् बुटवलका व्यवसायी माधवप्रसाद नेपाल, कहाँ गए होलान् ?

फर्किएनन् बुटवलका व्यवसायी माधवप्रसाद नेपाल, कहाँ गए होलान् ?

अपि टाइम्स

बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्कविहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् । नेपाल १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. को स्कुटर लिएर घरबाट निस्केपनि अहिले सम्म कुनै सम्पर्क नभएको परिबार स्रोतले बताएको छ ।

उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क विहिन भएको सूचना प्रहरी सम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजविन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।
परिबारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले मोबाईल साथमा नलग्दा खोजविनमा समस्या भएको बताए । उनले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा प्रहरीले सुनौली क्षेत्रमा खोजविन गररहेको बताए ।