मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२३ सुन्दरीलाई पछि पार्दै श्रीच्छा बनिन् ‘मिस नेपाल २०२३’

२३ सुन्दरीलाई पछि पार्दै श्रीच्छा बनिन् ‘मिस नेपाल २०२३’

अपि टाइम्स

काठमाण्डौ । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिवार आज भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।

उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड २०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।