मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटको अघिल्लो दिन सेयर बजारमा गिरावट

बजेटको अघिल्लो दिन सेयर बजारमा गिरावट

अपि टाइम्स

काठमाडौं। बजेटभन्दा अघिल्लो कारोबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले प्रस्तुत गर्दैछन्।

लगानीकर्ता बजेटलाई ‘पर्ख र हेर’को अवस्थामा रहेकाले आइतबार सेयर बजार नकारात्मक भएको हो। पछिल्लो दुई सातायता निरन्तर जारी वृद्धिमा नाफा बुक गर्नेहरु आइतबार सक्रिय रहे। यो दौरान बजार १६७.४२ अंक बढिसकेको थियो।

आइतबार १७.३८ अंकले घटेको सूचक १९४१.७४ को विन्दुमा सीमित छ। १९७७.५२ प्रतिशतसम्म उक्लिसकेको बजार अन्तिम प्रहरमा ह्‍वात्तै घटेको हो।

अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नु अघिसम्म बजार हरियै थियो। तर सर्वेक्षण प्रतिनिधि सभामा पेस भएलगत्तै बजार तीव्र रुपमा घट्न सुरु गरेको हो। सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने जनाएको हो।

आगामी आर्थिक वर्ष साढे १७ खर्ब हाराहारीको बजेट आउँदैछ। चालु आर्थिक वर्ष महत्त्वाकांक्षी बजेट निर्माण गर्दा आर्थिक लक्ष्य निकै पहुँचभन्दा बाहिर रह्यो। राजस्व असुली र पुँजीगत खर्च दुवै कमजोर रहे। तर यसपटक अर्थमन्त्रीले दोस्रो चरणको आर्थिक सुधारलाई आधार मानेर बजेट निर्माण गरिरहेका छन्। आइतबार साढे दुई अर्बको सेयर कारोबार भयो।