काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए ।
संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस(युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए । उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए । मुद्रा स्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताए ।
प्रतिक्रिया