मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टियुमा वर्षा जारी, तीन बजे वर्षा नरोकिए खेल स्थगित हुने

टियुमा वर्षा जारी, तीन बजे वर्षा नरोकिए खेल स्थगित हुने

अपि टाइम्स

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित बनेको छ । टियु क्रिकेट मैदानमा सामान्य वर्षा जारी छ । टियुमा पिच, ३० ¥यार्ड र मैदानको अधिकाम्स भाग कभरले ढाकिएको छ । सिमसीमे पानी जारी छ । मौसम पूर्वाअनुमानका अनुसार वर्षा तीन बजे सम्म रहनेछ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७।३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको छ । आज खेल हुनलाई कम्तिमा तीन बजे वर्षा रोकिनु पर्ने हुन्छ । मैदानको अधिकाम्स भागमा कभरले ढाकिएको हुँदा यदि वर्षा रोकिएमा आज पुन खेल हुने सम्भावना रहन्छ ।

आज खेल हुनलाई नेपाललले २० ओभर ब्याटिङ गर्नुपर्ने हुन्छ । नेपालले यहि अवस्थामा २० ओभरको खेल भएमा ६० देखि ७० रन विना विकेट गुमाउनु पर्ने हुन्छ । डकवर्थ लेविसमा विकेट अनुसार लक्ष्य परिवर्तन हुने गर्दछ । विकेट गुमाएमा भने विकेट अनुसार लक्ष्य बढ्नेछ ।

आज नेपालले २० ओभर ब्याटिङ गर्ने सम्भवन नभएमा भने खेल हुने छैन । कट अफ टाइम ५ स् २४ छ । अर्थात उक्त समय सम्म खेल सकि सकेको हुनुपर्छ । उक्त समय सम्म २० ओभर हुन सक्ने भएमा मात्रै आज खेल हुनेछ । खेल आज हुन नसकेमा मंगलबार हुनेछ । मंगलबार यहिँ अवस्थाबाट खेल सुरुहुनेछ । मंगलबार पनि वर्षाको सम्भावना छ ।

यदि मंगलबार नेपालले २० ओभर पनि ब्याटिङ गर्न सकेन भने अन्तिम विकल्प सुपर ओभर हुनेछ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।

नेपालका स्पिनर ललितनारायण राजवंशी ह्याट्रिक नजिक छन् । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए । त्यसपछि भने वर्षा जारी छ ।