मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीर्ष स्थानमा उक्लियो बायर्न

शीर्ष स्थानमा उक्लियो बायर्न

अपि टाइम्स

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई २(० गोल अन्तरले हराएको हो । बायर्नको जितमा सेर्जी जिनाब्री र किङ्स्ले कोमानले एक एक गोल गरे ।

खेलको ६९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई २(० को जित दिलाए ।

जितसँगै बायर्नले ३० खेलमा ६२ अंक जोडेको छ ।

बायर्न शीर्ष स्थानमा समेत उक्लिएको छ ।

हेर्था २२ अंक जोडेर पुछारमा रहेको छ ।