मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–यूएईः आज हुन नसके भोलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

नेपाल–यूएईः आज हुन नसके भोलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

अपि टाइम्स

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल अहिले वर्षाका कारण रोकिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि सुरु भएको खेल फेरि वर्षाका कारण रोकिएको हो ।

आज दिउँसो ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भोलि मङ्गलवार ुरिजर्भ डेु मा यूएईले यही अवस्था ९२७ ओभर ३ बल– १ सय ६ रन० बाट सुरु हुनेछ ।

भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा विजेताको टुङ्गो लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्तो अवस्थामा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।