मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार पाँच वर्ष चल्छ, यताउति हुँदैनः प्रधानमन्त्री प्रचण्ड

सरकार पाँच वर्ष चल्छ, यताउति हुँदैनः प्रधानमन्त्री प्रचण्ड

अपि टाइम्स

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले सरकार ढल्छ भन्नु भ्रम मात्र भएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ुसरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।ु साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारमा आउने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ुरास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । यो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।ु रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको भन्दै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो ।

सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ुरास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।ु

यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागप्रति सरकार सकारात्मक रहेको पनि बताउनु भएको छ । उहाँले आफूसँग सल्लाह गरेर नै पुन माइतीघरमण्डलामा धर्नामा बसेको पनि बताउनुभयो । धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ुभेटमा मैले बजेटमा तपाईँको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी । यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।ु पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।