मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु नगरपालिका प्रमुख पौडेल भन्छन् ‘स्थानीय तह जनमुखी छन्’

कपिलवस्तु नगरपालिका प्रमुख पौडेल भन्छन् ‘स्थानीय तह जनमुखी छन्’

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले सुशासनका लागि सरकार र नागरिकको दुरी कम गर्न आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको सुशासनका लागि साक्षरता कार्यक्रममा उनले यस्तो बताएका हुन । मेयर पौडेलले जब सम्म तिनै तहको सरकार र नागरिकको सम्बन्ध नजिक हुँदौन तव सम्म सुशासनको बाटो फाराकिलो नहुने उनले बताए ।

मेयर पौडेलले कार्यक्रममा सहभागिबाट आएका विभिन्न कुराको संम्बोधन गर्दै भने “हाम्रो कपिलवस्तु जिल्लामा अख्तियारमा उजुरी दिनेको कमि छैन, बुझ्दै नबुझि उजुरी पर्दैमा स्थानीय तह सुशासन कायम गर्न असक्षम भएको प्रमाणित हुँदौन ।” ‘उजुरी परेकै आधारमा पालिका सुशासन कायम गर्नमा असक्षम भयो भन्ने हुदैन् ।’

मेयर पौडेलले जनमुखि सुशासन कायमका लागि आफु लागिरहेको बताउँदौ कपिलवस्तु नगरपालिकाका सरकारी विद्यालयले कुनै पनि बाहनामा अनावश्यक शुल्क लिन नपाउने निर्णय गरेर कार्यान्वयको चरणमा रहेको बताए । उनले आर्थिक बर्ष २०७९र८० मा नगरपालिकाले ८९ लाख रुपैयाँ विद्यालयलाई अनुदान दिएको बताए ।

उनले हरेक निकायमा सुशासन कायम भयो भने सर्वागिङ्ग विकास हुनेमा जोड दिए । पौडेलले भएको स्रोत साधनलाई सही रुपले सदुपयोग हुन नसकेको र नागरिक पनि पूर्ण सचेत नभएका कारण सुशासन कार्यान्यन फितलो देखिएको उनले जिकिर गरे । सुशासनका निम्ति सबै पक्षहरु सजक र सचेत भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

यस्तै कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जिल्लामा सुशासन कायम गर्दौ नागरीकको शुरक्षाको प्रत्याभूति दिन आफु प्रयासरत रहेको बताए ।

‘विकास, समृद्धि र सुशासनका लागि हाम्रो अभियान’ भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेशका १२ वटै जिलामा सुशासनका लागि साक्षरता कार्यक्रम गुल्मीबाट सुभारम्भ गरिएको कार्यक्रम कपिलवस्तु सम्म आएको रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले बताए ।

कार्यक्रममा सहभागीहरुले जिल्लाका स्थानीय तहमा देखिएका बेरुजुका विषयमा प्रश्न गरेका थिए । सुशासनका लागि साक्षरता कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग रहेको थियो । कार्यक्रममा जनप्रतिनिधी भन्दा कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो ।