मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार गर्ने

सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार गर्ने

अपि टाइम्स

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने नहुनेबारेको निर्णय आगामी शुक्रबार गर्ने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको पार्टीको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो। सोमबारको केन्द्रीय समितिको बैठकमा सदस्यहरुले सरकारमा सहभागी हुने नहुनेबारे आ–आफ्नो धारणा राखेका थिए।

बैशाख १० को उपचुनावबाट दुई सिट जितेर आएसँगै रास्वपा सरकारमा सहभागी हुने नहुने बिषयबारे राजनीतिक वृत्तमा चर्चा छ।

बैठकमा रास्वपा संसदीय दलको नेता पुन रवि लामिछानेलाई नै बनाउने सहमति भएको छ। अपरान्ह बस्ने पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गर्नेछ।