मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

अपि टाइम्स

मेक्सिको । मेक्सिकोको पश्चिमी राज्य नायरिटको राजमार्गमा पर्यटक बस पल्टिँदा करिब १८ जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरिट राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको हो ।’

पर्यटक बस जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ गइरहेको समयमा दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।