काठमाडौँ । विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासको लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण बाली तथा पशुपालनबाट हरितगृह ग्यास उत्सर्जन घटाउन, उर्बराशक्ति बढाउन, जैविक विविधता संरक्षण र कृषि चक्रको पुनर्स्थापनामा सुधार गर्न प्रयोग गरिने खबरमा उल्लेख छ ।
यस्तै, ऋण रकम किसान तथा सहकारीका सदस्यहरूलाई तालिम र कृषि विस्तार सेवाहरू उपलब्ध गराउने, किसान र खाद्य प्रशोधनकर्ताहरूलाई जलवायुमैत्री कृषि प्रविधिहरू र असल कृषि अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहित गर्ने जस्ता धेरै क्षेत्रमा काम गरिनेछ । ऋण सहयोगले देशभर लागू गर्न सकिने पाठहरू सिर्जना गर्ने अपेक्षा रहेको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया