मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधी व्यवसायी संघ कपिलवस्तु किनियो, म अन्यायमा परेँः वीक्रम थापा

औषधी व्यवसायी संघ कपिलवस्तु किनियो, म अन्यायमा परेँः वीक्रम थापा

अपि टाइम्स

वाणगंगा । नेपाल औषधी व्यावसायी संघ कपिलवस्तुमा गत शनिबार नयाँ नेतृत्व चयन भयो । संघको वाणगंगा नगरपालिकामा भएको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले तौलिहवाका मानुल्लाह खानलाई अध्यक्ष बनाएको थियो ।

अधिवेशनमा निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, प्रदेश अध्यक्ष र जिल्लाका शक्तिशाली औषधी ब्यवसायी सहभागि थिए ।

अधिवेशन अघि चुनाव हुने भयो भन्नेमा अधिकांस औषधी व्यवसायी थिए । किनकि चार नम्बरका थापा मेडिकल हलका संचालक वीक्रम थापाले अध्यक्षमा उठ्ने बताइरहेका थिए । तर अन्ततहः चुनाव भएन । थापा आउट भए र संघका सल्लाहाकार रहेका खान अध्यक्ष भए इन।

यो भएपछि रिसाउँदै थापा कार्यक्रमबाट बाहिरिएको कुरा मिडियामा आएको छ । आफूलाई सबैले पेलेर गएपछि कार्यक्रमबाट आफू बाहिरिएको भन्दै थापाले मिडियासंग आफू अन्यायमा परेको बताएका छन् । अन्य पदाधिकारीमा विरोध नभए पनि अध्यक्षमा भने आफू लगायतका साथीकोे विरोध रहेको उनले अपि टाइम्सलाई बताए । उनले संघलाई केहि ब्यक्तिको स्वार्थमा किनिएको गम्भिर आरोप लगाएका छन् । यस खेलमा जिल्लाका व्यवसायी, प्रदेश र केन्द्रका जिम्मेवार पदाधिकारी नै लागेको उनले आरोप लगाए ।

संस्थाको विधान मिचि खानलाई अध्यक्ष बनाइएको थापाको आरोप छ । सल्लाहाकारलाई चोरबाटोबाट अध्यक्ष बनाउने विधान नभएको भन्दै थापा बताउँछन् ‘अध्यक्ष बन्ने पालो स्वभावैले मेरो थियो । सके सर्वसम्म नभए चुनाव गर्नुपर्ने मेरो भनाई थियो । चुनाव भए मैले जित्थेँ । मेरो जित सुनिश्चित भएपछि चुनाव नगराउने खेल खेलियो ।’

उनी थप्छन् ‘यो खेलमा पैसाको कारोबार भएको छ । १० लाखमा संस्था किनिएपछि मैले बस्न नैतिकता देखिनँ । कहिँ कतै हस्ताक्षर नगरी म कार्यक्रमबाट बीचमा उठेर हिँडे ।’

के कसरी किनियो भन्ने बारे उनले केहि भनेनन् तर भने ‘केहि ब्यक्तिले पैसाको खोलो बगाएर संस्था किने । म अन्यायमा परेको छु । मेरो अरु केहि भन्नु छैन । यसरी संस्था राम्रो बन्छ भने बनोस् । यस्तो खेलमा म लागिनँ ।’

संस्थाका पदाधिकारीले भने थापाले भनेजस्तो नभएको बताए । निवर्तमान अध्यक्ष धर्मराज भट्टराईले थापाको भनाईमा सत्यता नभएको बताए । उनको दावी छ कि ‘संस्थाको भवन निर्माण गर्न केहि साथीले रकम ग्यारेन्टी गर्नु भएको छ । यसलाई किनिएको, बेचिएको भन्न मिल्दैन । यसले त संस्स्थालाई थप मजबुत बनाएको छ ।’

भट्टराईले आफूले थापालाई भेटेर मनाउने दावी गरे । उनले अपि टाइमससंग भने ‘थापा जि दाजु हुनुहुन्छ । उहाँले मेरो कार्यकालमा उपाधयक्ष भएर राम्रो भूमिका निभाउनु भयो । उहाँ राम्रो मान्छे पनि हो । पालो पनि उहाँको हो तर जिल्लाभरका साथीहरु उहाँको पक्षमा नदेखिएपछि बाध्य भएर यसो गरिएको हो । हामीले उहाँलाई सदैव सम्मान गछौँ । पेलेको। बाइकट गरेको हाइन । नयाँ टिम आएको छ । जुझारु छ । उहाँले सहयोग गर्नु हुने विश्वास लिएको छु ।’

‘कार्यक्रममा केहि ब्यवसायीले संस्थाको भवन बनाउन ८ लाख बढि रकम ग्यारेन्टी गरेका थिए । थापाले यही रकमलाई इङगित गर्नुभएको हुन सक्छ । यो सत्य होइन’ नवनिर्वाचित महासचिव बेदुराम पोख्रेलले भने ‘यो त राम्रो सुरुवात हो कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु ।’

नयाँ नेतृत्वलाई लिएर अन्य ब्यवसायी पनि असन्तुष्ट रहेको थापाको दावी छ ।