मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठूलो हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

ठूलो हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

अपि टाइम्स

एजेन्सी । ठूलो हिमपात र वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा ठूलो हिमपात भएको तथा समथर भूभागमा ठूलो वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।

आवासका लागि अनलाइन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताउनुभएको छ । मौसममा सुधार हुनेबित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उहाँले बताउनुभयो ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिवार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गर्नुभएको थियो । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उहाँले सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।