मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

अपि टाइम्स

एजेन्सी । ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँको श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ ।

ब्राजिलमा अर्थतन्त्रका मूख्य पाँच वटा क्षेत्रमध्ये उद्योग, निर्माण, वाणिज्य र सेवा क्षेत्रमा रोजगारी बढेको छ भने कृषि क्षेत्रमा रोजगारी घटेको छ । अहिले ब्राजिलमा ४ करोड ४२ लाख नागरिक औपचारिक रोजगारीमा रहेका छन् ।