मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फैलिँदै बालेनको डोजर संस्कृतिः कपिलवस्तुका मेयर पौडेलले भत्काए अवैध संरचना

फैलिँदै बालेनको डोजर संस्कृतिः कपिलवस्तुका मेयर पौडेलले भत्काए अवैध संरचना

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा अतिक्रमण गरि बनाइएका संरचनामा डोजर चलाईएको छ । नगरपालिकाले साना ठुला गरि १५ वटा अस्थायी स्थायी संरचना घर, टहरामा डोजर चलाएको हो ।

नगरपालिकाको वडा न। ४ कोदौहा चोक वरिपरि सडकको छेउछाउमा बनार्ईएका संरचना आइतवार विहान हटाएको मेयर सुदिप पौडेलले जानकारी दिए ।

उनले कोदौहा चोक वरिपरि पटक पटक दुर्घटना बढ्दै गएको जनगुनासो आउन थालेपछि संरचना हटाईएको बताए । मेयर पौडेलले भनेहामीले जनतालाई पटक पटक आग्रह गर्दा पनि सुन्नु भएन डोजर चलाउन पर्ने अवस्था आयो ।” सडकमै अतिक्रमित जग्गामा बनाईएका घर टहराहरुका जनता नै दुर्घटनाको उच्च जोखिममा रहेकाले बाध्यात्मक परिस्थितीमा डोजर चलाईएको हो ।

मेयर पौडेलको अगुवाई, जिल्ला सुरक्षा समीतिको बिशेष पहल, हुलाकी सडक आयोजना र जिल्ला सिंचाई कार्यालयको रोहबरमा उक्त संरचनाहरु हटाइएको हो । काठमाण्डौँमा मेयर बालेन शाहले अवैध संरचनामा डोजर चलाउन थालेपछि यसको प्रभाव देशभरका स्थानीय तहमा पर्न थालेको छ ।