मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र यूएईको खेल भोलि टिकट नकाटी हेर्न पाइने

नेपाल र यूएईको खेल भोलि टिकट नकाटी हेर्न पाइने

अपि टाइम्स

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ ।

‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’

नेपाल विरुद्ध भोलि यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्ने छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।