मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने

जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने

अपि टाइम्स

काठमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग ९ओपिडी० शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।

उक्त निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सहमति जनाइसकेको छ। जेठ १ गतेदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क निर्धारण गरिएको संघ र अफिनको बैठकको निर्णयमा उल्लेख छ।

नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ४२०, ५ वर्ष भन्दा माथिकाले ५१५ रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्। एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन्।

यस्तै एमडीरएमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ७५० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने भएका छन्। डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ८८० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने भएका छन्।

यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडीएस डाक्टरले ९४०रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

यसअघि कति थियोरु
यसअघि २०७७ फागुनमा निर्धारण भएको शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क तोकिएको थियो। एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने गरी शुल्क निर्धारण भएको थियो।

यस्तै एमडीरएमएस र एमडीएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ शुल्क तोकिएको थियो। डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ शुल्क तोकिएको थियो।

१० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडीएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने गरी शुल्क तोकिएको थियो।

डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो। उक्त समयमा हरेक २र२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो। तर त्यसयता २०७७ फागुनमा आएर शुल्क पुनरावलोकन भएको थियो। त्यसपछि अहिले पुनस् नयाँ शुल्क तोकिएको हो।

जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने, ४२० देखि ९४० लिने मापदण्ड के हो ?