मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर केयुर गौतमको टिप्सः कुन समयमा रगत जाँच गराउने ?

डाक्टर केयुर गौतमको टिप्सः कुन समयमा रगत जाँच गराउने ?

अपि टाइम्स

काठमाडौं । विभिन्न रोगको निदान तथा पहिचानका लागि रगत परीक्षण गरिन्छ। कुनै–कुनै जाँचको लागि निश्चित समयहरु निकै महत्वपूर्ण हुन्छ। हर्मोनको लागि बिहानको समय महत्वपूर्ण छ।

८ देखि १० या ७ देखि ९ बजेको समयमा जाँच गर्नु राम्रो हुन्छ। कुनै हर्मोनको जाँच साँझमा गर्नुपर्ने हुन्छ।
थाइराइड दिउँसो २ बजेतिर उच्च विन्दुमा पुग्छ भने साँझपख विस्तारै घट्दै जान्छ। फेरि विस्तारै बढ्दै २ बजेतिर उच्च विन्दुमा पुग्छ। त्यही एउटै मान्छेको थाइराइड एक एक घण्टामा जाँच गर्नु भयो भने फ्लक्चुएसन अर्थात् तल माथि भइरहन्छ।

हाम्रो शरीरमा कुनै पनि केमिकल प्रयोगशालामा गएर जाँच गर्नुस् हरेक मिनेट मिनेटमा पनि फरक भइरहन्छ। किनभने फ्लक्चुएसन हुनुको धेरै कारणहरु हुन्छन्। जैविक भिन्नताका कारणले गर्दा हुन्छन्।

अहिले विभिन्न नयाँ प्रचलनहरु पनि आइरहेका छन्। भिटामिन बि१२ नन फास्टिङमा, युरिक एसिड पनि नन फास्टिङमा परीक्षण गर्न मिल्ने भनिएको छ। यो सबै आकस्मिक अवस्थाका लागि मात्र हो। डाक्टरलाई तत्काल रिपोर्ट हेर्नुपर्ने अवस्थामा मात्र यो ठिक हो।

नभए भिटामिन बी१२ लाई ओभरनाइट फास्टिङ भएको राम्रो हो। युरिक एसिड पनि जुन बेला जाँच गरे हुन्छ भन्ने कुरा छ। तर चार घण्टाको खाली पेट हुँदा सबैभन्दा राम्रो हुन्छ।

फास्टिङमा परीक्षण गर्दा सही रिपोर्ट आउँछ। १० देखि १२ घण्टा फास्टिङ गरेपछि प्रयोगशालामा गएर बिहान ७ देखि ९ बजेभित्र रगत जाँच गराउनु सबैभन्दा बढी उचित हुन्छ।