मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप बने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

सन्दीप बने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

अपि टाइम्स

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाएका थिए । युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन् ।

वृत्यले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका थिए । उनले प्रतियोगिताभर ४४ चौका र १८ छक्का हानेका थिए । ओमानका तीव्र गतिका बलर बिलाल खानले ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिता उत्कृष्ट बलर चुनिएका थिए ।

एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।