मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलाका कतिपय कार्यक्रम असफल भए, प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्छुः प्रधानमन्त्री

पहिलाका कतिपय कार्यक्रम असफल भए, प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्छुः प्रधानमन्त्री

अपि टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् ।

चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’

अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जल्ले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु,’ प्रचण्डले भने ।

आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने पनि उनले बताए । ‘अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ,’ उनले भने ।