मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलोचनापछि भारतमा गरेको उपचारको खर्च आफैं व्यहोर्ने मुडमा राष्ट्रपति

आलोचनापछि भारतमा गरेको उपचारको खर्च आफैं व्यहोर्ने मुडमा राष्ट्रपति

अपि टाइम्स

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।

उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।