मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तोलामा २०० घट्यो

सुन तोलामा २०० घट्यो

अपि टाइम्स

काठमाडौं। विवाहको सिजन सुरु भएपछि सुनको मूल्य घट्न थालेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँले घट्दा सोमबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा १० रुपैयाँले घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ भएको छ। सोमबार प्रतितोला १४ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ जारी छ। सोमबार प्रतिऔंस १९८२।८८ डलरले कारोबार भएको सुनको मूल्य बढ्ने संकेत देखिएको छ। मंगलबार बिहान १९८२।२ डलर चलिरहेको कारोबार दिउँसो १९८३।९९ डलरमा उक्लिएको छ।

चाँदी पनि घटेको छ। सोमबार प्रतिऔंस २५।०८ डलरले कारोबार भएको चाँदी मंगलबार २४।८५ डलर छ।