मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपांं ले सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ।
उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले पेश गरेका छन्।

यद्यपि यसबारे कुनै निर्णय भइसकेको छैन। रास्वपामा ३९ जना केन्द्रीय सदस्य छन्। मंसिर ४ र वैशाख १० मा निर्वाचितसहित सांसदहरु २१ जना छन्।

केन्द्रीय सदस्यहरुमध्ये सभापति, उपसभापतिसहित ६ जना मात्रै अहिले सांसद छन्।

सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्धवासिनी कंशाकार केन्द्रीय सदस्य हुन्।

सांसदमध्ये एकजना इन्दिरा राना उपसभामुख छिन्।

बाँकी १४ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने प्रक्रिया अघि बढेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

वैशाख १० मा तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित अर्थविद् डा। स्वर्णिम वाग्ले कांग्रेसमै लामो समय काम गरेका नेता हुन्।

यस्तै मनीष झा, विराजभक्त श्रेष्ठ, सन्तोष परियाार, हरि ढकाल, शिशिर खनाल पनि चर्चित नेता हुन्।

उनीहरुलाई केन्द्रीय सदस्य बनाउन पार्टीभित्रै दबाब छ। योगयता र क्षमता भएकाहरुलाई अवसर दिनुपर्ने कुरा पार्टीमा उठेको छ।

यस्तै स्वास्थ्य राज्यमन्त्री भइसकेकी डा। तोषिमा कार्की, डा। चन्दा कार्की, निशा डागी, अशोककुमार चौधरी, असिम शाह, विनिता कठायत, लक्ष्मी तिवारी र शिव नेपाली पनि सांसद छन्।

त्यही भएर रास्वपाले सोमबार गठन गरेका ३७ वटा विभागमा उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ।

३९ जनामा नसमेटिएका १४ जना सांसदहरूलाई केन्द्रीय सदस्य बनाउने प्रक्रिया अघि बढाएको हो।

गत असार ७ गते गठित रास्वपाले ४ मंसिरको चुनावमा २० र वैशाख १० को उपचुनावमा तनहुँ १ जितेको छ।

पार्टी गठन गर्दा रविलाई साथ दिने थोरै नेताहरु भएकाले सुरुमा १६ जना केन्द्रीय सदस्य मात्रै बनेको थियो।

त्यसपछि २४ सदस्य बनेको केन्द्रीय समिति १ फागुनमा १६ जना थप गरेर ४० सदस्य पुगेको छ। तर, थपिएको १६ जनामा पनि सांसदहरु समेटिएका थिएनन्।

‘उहाँहरु ९सांसद० सबैलाई केन्द्रीय सदस्य बनाउँछौँ,’ पदाधिकारी ती नेताले नेपालखबरसँग भने, ‘नयाँ पार्टी भएकोले सबै मिलाउँदै गर्नुपर्छ, व्यवस्थित गर्दै विस्तारै गर्छौँ।’

उपनिर्वाचनमा राम्रो नतिजा निकालेपछि रास्वपामा पछिल्लो दिन अन्य पार्टीका नेता कार्यकर्ता पनि आकर्षित हुन थालेका छन्।

रास्वपाको सदस्यता लिन अहिले दैनिक ५ सयभन्दा धेरैले निवेदन दिइरहेको बताइएको छ। रास्वपाले ठूला दलका केही नेताहरु पनि सम्पर्कमा आएकाले उनीहरुलाई पार्टीमा भित्र्याउन वार्ता भइरहेको जनाएको छ।

स्वर्णिम, मनीष, विराजभक्त, शिशिर, सन्तोष लगायतका नेताहरुको व्यक्तित्वका कारण पनि केन्द्रीय समितिमा लगिहाल्नुपर्ने पक्षमा नेताहरु उभिएका छन्।