मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ पुर्जी जारी भइसक्दा पनि रायमाझी अर्घाखाँचीमा विशेष अतिथि, प्रहरीले समातेन

पक्राउ पुर्जी जारी भइसक्दा पनि रायमाझी अर्घाखाँचीमा विशेष अतिथि, प्रहरीले समातेन

तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन्

अपि टाइम्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन् ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन् ।