मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

अपि टाइम्स

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा एक्सन(लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् । अभिनयका हिसाबले यो उनको डेब्यु फिल्म हुनेछ ।

निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका निर्वाह गर्नेछन्, जसबारे चाँडै हुने पत्रकार सम्मेलनमार्फत बताइने भएको छ । फिल्मको तीन नायकमध्ये एकमा सविन हुनेछन् भने बाँकी दुई नायक फाइनल हुन बाँकी छ । दुई नायिकामध्ये एकमा अनु शाह हुन सक्ने जनाइएको छ भने अर्की मुम्बईमा रहने नेपालीभाषी अभिनेत्री हुनेछिन् ।

उनीसँग फिल्म साइन गर्न सविन अर्को साता मुम्बई जाँदैछन् । यो फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन सम्राट बस्नेतले गर्नेछन् । यसअघि पनि ‘बाघचाल’ शीर्षकमा फिल्म निर्माण भएको थियो तर १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइने कानुनी व्यवस्था छ ।

दशैंअघि छायांकन गर्ने तयारी रहेको फिल्मलाई अर्को वर्षको वैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।