मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपालाई सरकारमा ल्याउने विषयमा के कुराकानी भयो गठबन्धन वैठकमा ?

रास्वपालाई सरकारमा ल्याउने विषयमा के कुराकानी भयो गठबन्धन वैठकमा ?

गठबन्धन दलबीच कुनै प्रतिकूलता उत्पन्न हुन नदिइने

अपि टाइम्स

काठमाडौं । बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

आजको बैठकमा नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ।

संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक मूलतः बजेट निर्माणमा केन्द्रित रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्।

‘वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको छ,’ उनले भने, ‘यो अधिवेशन बजेटपूर्वको छलफल, सरकारका नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणसँग सम्बन्धित विषय छलफल हुनाले त्यसकै पूर्वतयारीकारूपमा कुराकानी भयो।’

उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने उनले बताए।

अर्को प्रसंगमा उनले गठबन्धन दलबीच कुनै प्रतिकूलता उत्पन्न नहुने बताए।

‘गठबन्धन दलका बीचमा कुनै प्रतिकूलता उत्पन्न हुँदैन, समस्या सिर्जना हुँदैन,’ उनले भने, ‘सत्ता गठबन्धन फेरबदल पनि हुँदैन। सत्ता गठबन्धनसँग भएको बहुमतमा प्रतिकूलता हुँदैन। गठबन्धन भत्किँदैन।’