मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

अपि टाइम्स

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतवार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते दिउँसो ४ बजे आह्वान गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यलाई तोकिएको मिति, समय र ठाउँमा त्यस दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

बर्खे अधिवेशनका रूपमा रहेको यस अधिवेशनको सुरुमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आय–व्ययको विवरण ९बजेट० प्रस्तुत हुनेछ ।