मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

अपि टाइम्स

काठमाडौं । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहितको धारा २१ को उपधारा ९१०० बमोजिम डा। रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा हारेका डा। प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री बनाएका छन् । तर रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाएका थिएनन् ।

महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।